Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


थापाथली सुकुम्बासी बस्ती हटाउन प्रहरी परिचालन


312
Shares

काठमाडौँ । थापाथलीस्थित सुकुम्बासी बस्ती क्षेत्रमा शनिबार बिहानैदेखि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

आजदेखि थापाथलीसहित सिनामंगलको गैरीगाउँ र मनोहरा क्षेत्रका बस्ती हटाउने तयारी गरिएको जनाइएको छ । महानगर र प्रहरीले संयुक्त रूपमा बस्ती खाली गराउने चेतावनी दिएपछि स्थानीयहरू सामान सार्न व्यस्त देखिएका छन् ।

केहीले शुक्रबार नै स्थानान्तरण गरिसकेका छन् भने बस्ने ठाउँ नपाएकाहरू अझै बस्तीमै छन् । सरकारले सुकुम्बासी समस्या समाधानको प्रक्रिया उल्लंघन गरेको आरोप स्थानीयहरूले लगाउँदै आएका छन् ।