काठमाडाैं । सरकारले शुक्रबार साँझसम्म बस्ती खाली गर्न परिपत्र गरेसँगै थापाथलीकाे सुकुम्बासीहरूले आफ्ना अमूल्य सामानहरू सार्न शुरु गरेका छन् ।
वर्षौंदेखि बसेको झुपडी, जोगाएर राखिएका साना–साना खुशीका पाटाहरू र नानीबाबुहरूको भविष्य सबै एउटै सानो झोलामा अटाउन खोज्दा त्यहाँको परिदृश्य अत्यन्तै हृदयविदारक देखिएको हाे । कोही आफ्नो च्यातिएको ओछ्यान मिलाउँदै छन् । कोही अब कहाँ जाने भनेर चिन्तामा रहेका हुन् ।
उनीहरु भन्दैछन् की हामीलाई गरिब हुनुको सजाय दिइँदैछ कि अर्कै केही मानिसहरू हतार–हतार आफ्ना जस्तापाता, काठका फल्याक र किचनका भाँडाकुँडा ट्याक्टर र रिक्साहरूमा लोड गरिरहेका छन् ।
कतिपयले त आफ्नो घर आफैँले भत्काउन शुरु गरेका हुन् । मानौं उनीहरू आफ्नो पुरानो पहिचानलाई आफैं मेट्न बाध्य भएका छन् ।



















प्रतिक्रिया दिनुहोस्