
बिराज रोस्यारा
कैलाली, असोज ११ । प्रदेश नम्बर ७ को राजधानी कैलालीको धनगढीबाट गोदावरी नगरपालिकामा सार्न खोजिएको बिरोधमा धनगढी बन्द गरिएको छ ।
राजधानी नसार्न दवाव दिदै धनगढीबासीले एक दिनका लागि आम हड्ताल गरेका हुन् । बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । शैक्षिक संस्था, यातायात, कलकारखाना, बजार ठप्प छन् ।
धनगढी बजारमा बन्दकर्ताले अटो रिक्सासमेत चल्न दिएका छैनन् । बन्दकर्ताहरु बजारमा खुल्ला रहेका पसल र अटो रिक्सा बन्द गराउँदै हिँडेका छन् ।
उनीहरुले अस्थायी राजधानीका लागि धनगढीका करोडौं रुपैयाँ खर्च भईसकेको बताउँदै जङ्गल मासेर गोदावरीमा राजधानी नबनाउन आग्रह गरिरहेका छन् । बन्दलाई मध्यनजर गर्दै ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
मंगलबार विशेष समितिले प्रदेशको नाम सुदूरपश्चिम र राजधानी गोदावरी राख्न सुझाव दिँदै प्रतिवेदन संसदमा पेश गरेको थियो । उक्त प्रतिवेदनमा माथि संसदमा छलफल जारी छ ।
प्रतिवेदन शुक्रबार सामान्य छलफलपछि टुङ्ग्याउने तयारी प्रदेश सरकारले गरेको छ । दुई तिहाई बहुमत रहेको सरकारले शुक्रबार मतदानका आधारमा भए पनि प्रदेश नाम र राजधानी टुङ्ग्याउने तयारी गरेको बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्