Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


इजरायल र लेबनानबीचकाे युद्धविराम ३ हप्ताका लागि थप


156
Shares

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीचको युद्धविरामको अवधि थप तीन हप्ताका लागि बढाइएको घोषणा गरेका गर्नुभएको छ ।

बीबीसीले ह्वाइट हाउसमा भएको वार्तापछि राष्ट्रपति ट्रम्पले यस्तो निर्णय गर्नुभएको जनाएको हाे । उपराष्ट्रपति जेडी भान्सले यस ३ हप्ते विस्तारलाई एक महत्त्वपूर्ण र ऐतिहासिक क्षण भएको छ । यो महिनाको शुरुमा ह्वाइट हाउसमा भएको पहिलो चरणको वार्ता सन् १९९३ पछि इजरायल र लेबनानबीच भएको पहिलो प्रत्यक्ष वार्ता हो ।

राष्ट्रपति ट्रम्पले लेबनानी राष्ट्रपति जोसेफ आउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू अर्को हप्ता दीर्घकालीन शान्ति सम्झौताका लागि ह्वाइट हाउसमा जाने बताउनुभयाे । यद्यपि, दीर्घकालीन शान्ति सम्झौता अझै चुनौतीपूर्ण रहेको विश्लेषकहरुले बताएका छन् ।

इरान समर्थित हिजबुल्लाहलाई निशस्त्रीकरण गर्न र लेबनानमा स्थिरता कायम गर्न निकै मेहनत गर्नुपर्ने हुन्छ ।