काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अत्यधिक तरलता भएपछि शुक्रबार एकैदिन एक खर्ब २० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ ।
१९ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत एक खर्ब २० अर्ब रकम खिच्न लागेको राष्ट्र बैंकको सूचनामा उल्लेख गरिएकाे हाे । निक्षेप संकलनको बोलकबोल तथा निष्कासन सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बिलिङमार्फत बोलकबोल गर्नुपर्नेछ ।
‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू बोलकबोल प्रक्रियामा सहभागी हुन पाउनेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको हाे ।
बैंकहरूमा निक्षेप जम्मा भए पनि ऋण लगानी हुन नसक्दा लगानीयोग्य रकम अर्थात् अधिक तरलता बढिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्