Logo ११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026


देशका ७ वटै प्रदेशमा आज दिउँसाेदेखि मेघगर्जन-चट्यांगसहितको वर्षा र हिमपातको हुँदै

तराई क्षेत्रमा भने तातो लहरको सम्भावना

1k
Shares

काठमाडाैं । हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ।

शुक्रबार बिहान मौसमको अवस्थास्हाल कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा आंशिक बादल लागेको हाे । साथै बाँकी पहाडी र तराई भू-भागमा भने मौसम मूख्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ।

त्यस्तै, शुक्रबार दिउँसो भने कोशी ‍प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे । बाँकी तराईका भू-भागमा भने आंशिक बादल लाग्नेछ। कोशी , मधेश, बागमती, गण्डकी , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित मध्यमसम्मको वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।

मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोंचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको समेत सम्भावना देखिएकाे महाशाखाले जनाएकाे हाे ।

त्यस्तै, शुक्रबार राति भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ। पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहने भएकाे हाे। कोशी र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।