Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र


1.7k
Shares

काठमाडाैं । सरकारले यही वैशाख १७ गतेका निम्ति आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन रोक्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएकाे छ ।

सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए ।
उक्त अधिवेशन राेक्न वैशाख १० गते आज सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठाएको हो ।

अधिवेशन रोकेर कहिले आह्वान गर्ने भन्ने मिति पनि पत्रमा उल्लेख नभएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।