Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


फुड एण्ड वेभरेज एक्स्पो सुरु (तस्वीरसहित)


0
Shares

काठमाडौं ।
आतिथ्य तथा खाद्य उद्योगसँग सम्बन्धित व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा ‘फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२६’ प्रदर्शनी सुरु भएको छ ।

ग्लोवल एक्स्पोजिसन एण्ड म्यानेजमेन्टले आयोजना गरेको ११ औँ संस्करणको मेलामा खाद्य तथा पेय पदार्थ, होटल तथा रेष्टुरेण्ट व्यवस्थापन, किचन उपकरण, सप्लाई चेन, आतिथ्य सेवा लगायत क्षेत्रसँग सम्बन्धित कम्पनी, उद्यमी र सरोकारवालाहरू सहभागी छन् ।

प्रदर्शनीले स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्राण्डलाई एकै ठाउँमा ल्याउँदै नयाँ प्रविधि, सेवा र उत्पादनहरूको प्रदर्शन गर्ने अवसर प्रदान गर्ने आयोजकको भनाइ छ । आगामी शनिबारसम्म चल्ने मेलाले उद्योगी–व्यवसायीबीच नेटवर्किङ, साझेदारी र लगानीका सम्भावना खोज्ने विश्वास गरिएको छ ।