काठमाडौं । काठमाडौंको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ ।
बिहीबार बिहान ११ बजे काठमाडौंको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २ सय १६ रहेकाे हाे । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । काठमाडौं विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ । एक्यूआई १ सय १ देखि १ सय ५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।
त्यो १ सय ५१ देखि २ सयसम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । त्यस्तै, २ सय १ देखि ३ सयसम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड रहेकाे हाे ।









प्रतिक्रिया दिनुहोस्