Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


सुनचाँदीको मूल्यमा आज पनि ओरालाे यात्रा कायमै


1.6k
Shares

काठमाडाैं । नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य घटेको छ।

बुधबार तोलामा आठ सय रूपैयाँ घटेको सुनको मूल्य बिहीबार भने प्रतितोला एक हजार आठ सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन प्रतितोला दुई लाख ९८ हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। बुधबार सुन प्रतितोला तीन लाख पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी बुधबार प्रतितोला पाँच हजार एक सय ३० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी बिहीबार तोलामा पाँच हजार २० रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य बुधबारको तुलनामा प्रतितोला एक सय १० रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा बिहीबार सुन प्रतिऔंस चार हजार सात सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।