Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


प्रधानमन्त्रीले गृह मन्त्रालय आफैसँग राख्ने


1.1k
Shares

काठमाडौं । सुधन गुरुङ ले राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन्द्र शाह ले नै सम्हाल्ने भएका छन्।

विवादित व्यापारी दीपक भट्ट सँगको साझेदारी र सम्पत्तिबारे प्रश्न उठेपछि गुरुङले निष्पक्ष छानबिनको माग गर्दै पद त्याग गरेका हुन्। सरकार गठन भएको २६ दिनमै उनले राजीनामा दिएका हुन्।

सम्पत्ति विवरण अस्वाभाविक भएको आरोप, माइक्रो इन्स्योरेन्समा लगानी तथा सामाजिक संस्था ‘हामी नेपाल’ मार्फत आएको सहयोग रकम व्यक्तिगत खाताबाट कारोबार गरिएको विषय बाहिरिएपछि उनीमाथि दबाब बढेको थियो। त्यसपछि उनले प्रधानमन्त्रीलाई भेटेर बुधबार राजीनामा बुझाएका हुन्।