Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


सरकारी गाडीको ठक्करबाट एक पैदल यात्रुको ज्यान गयाे


0
Shares

काठमाडाैं । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी गाडीको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएकाे छ।

बा २ झ ३८५४ नम्बरको गाडीले चितवनको भरतपुर महानगरपालिका–२५ का ४७ वर्षीय श्यामबहादुर भुजेललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका भुजेलको उपचारकै क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएकाे छ ।

गाडी र चालकलाई पक्राउ गरी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले बताएकाे हाे । ठक्कर दिने गाडी कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलनिका) नवलपरासी (बर्दघाट सुस्तापूर्व)को रहेको प्रहरीले बताएकाे छ।