Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु (तस्बिरसहित)


13
Shares

काठमाडाैं । रातो मत्स्येन्द्रनाथको रथ मंगलवार (आज) बाट तान्न शुरु गरिएको छ ।

पुलचोकमा निर्माण गरिएको रथ मंगलवार बाजागाजासहित गःबहाल पु¥याइएको हो ।

वैशाख १२ गतेबाट शुरु गरिएको रथ निर्माण सकिएपछि वैशाख २७ मा मत्स्येन्द्रनाथलाई रथारोहण गराइएको थियो । रातो मत्स्येन्द्रनाथको रथलाई पाटनका सबै टोल घुमाएपछि असार शुक्ल चौथीमा जावलाखेल पु¥याएर भोटो देखाई अन्त्य गर्ने प्रचलन रहेको छ ।


तस्बिरहरुः अनुप प्रधान/ न्युज एजेन्सी नेपाल