Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


नेपालमा विद्युतीय गाडीकाे आयात घट्यो

मुलुकमा इन्धनबाट चल्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थप्याे

0
Shares

काठमाडाैं । नेपालमा विद्युतीय गाडीको आयात घटेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनामा विद्युतीय कार आयातमा करिब १० प्रतिशतले गिरावट आएको हो । गत वर्ष ९ महिनामा ७ हजार ९ सय ६७ युनिट विद्युतीय कार आयात भएकोमा चालु वर्ष घटेर ७ हजार १ सय ७३ युनिटमा सीमित भएको छ । आर्थिक वर्ष कूल १६ अर्ब ६६ करोड बरारबरको विद्युतीय कार भित्रिएका छन् ।

जसबाट सरकारले १० अर्ब ११ करोड रुपैयाँ राजश्व प्राप्त गरेकाे हाे। आर्थिक वर्षमा ५० किलोवाटसम्मका २ हजार ५ सय ६ युनिट, ५१ देखि १ सय किलोवाटसम्मका ४० लाख ८३ हजार एक सय एक किलोवाटदेखि २ सय किलोवाटसम्मका ५ सय ७४ र २ सय १ किलोवाट माथिका ८ युनिट ईभी भित्रिएक छन् । चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा वृद्धि देखिएको हाे ।

९ महिनाको अवधिमा ४ हजार १ सय ४० युनिट पेट्रोल कार आयात भएको छ । यो गत वर्ष सोही अवधिको तुलनामा ५० दशमलव ९९ प्रतिशत बढी हो । गत वर्ष चैतसम्म कूल २ हजार ७ सय ४२ युनिट पेट्रोल कार आयात भएको थियो । बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो ।

पछिल्लो समय इन्धन संकट चुलिँदै गर्दा मुलुकमा विद्युतीय गाडी भन्दा इन्धनबाट चल्ने गाडीको संख्या बढ्नुले अर्थतन्त्रमा चुनौती थपिदिएको छ ।