एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सम्झौता नभएसम्म इरानी बन्दरगाहमा लगाएको नाकाबन्दी अन्त्य नहुने चेतावनी दिनुभएको छ ।
अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि हुने भनिएको दोस्रो चरणको वार्ताकाे बारेमा अन्योल यथावत् रहँदा उहाँकाे पछिल्लो टिप्पणी आएको हो । राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा गरेको पोस्टमा पहिलो चरणको वार्ता निष्कर्षविहीन भए लगत्तै शुरु भएको नाकाबन्दीले इरानलाई पूर्ण रूपमा क्षति गरेको उल्लेख गर्नुभएको छ ।
साथै आफ्नो देशले युद्धमा बढी नै जित हासिल गरेको उहाँको दावी छ । अमेरिका र इरानबीच १० दिने युद्धविराम सकिनुअघि उहाँको यस्ताे टिप्पणी आएको हो । पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको शान्ति वार्ता अहिलेसम्म अनिश्चित बनेकाे छ । पाकिस्तानले सम्भावित वार्ताको लागि भने तयारी गरेको समेत जनाएकाे हाे । तर अमेरिकी र इरानी प्रतिनिधिमण्डल सहभागी हुने/नहुने अन्योल यथावत रहेको बीबीसीले जनाएको छ ।
विश्वकै अति महत्त्वपूर्ण जलमार्गमध्येको होर्मुज स्ट्रेटमा इरानले करिब दुई महिनादेखि आफ्नै नाकाबन्दी कायम राखेको छ । इरानी नाकाबन्दीका कारण ऊर्जाको मूल्य विश्वभरि नै बढेको हाे ।
३









प्रतिक्रिया दिनुहोस्