धादिङ । धादिङ बार्हबिसेका स्थानीयहरु पहिरोको जोखिममा परेपछि थातथलो छाड्न बाध्य भएका छन् ।
वस्तीभन्दा तलबाट संचालित ढुङ्गा खानीका कारण पहिरोको जोखिम बढेपछि गजुरी गाउँपालिकास्थित बार्हबिसेका स्थानीय पुर्खौदेखि बस्दै आएकोे थातथलो छाड्न बाध्य भएका हुन् ।
दैनिकजसो घर वरपरको जमिन चिरिएर भासिंदै गएकाले खतरा बढ्को हो । आफुले पालेका पशु चौपायहरु लैजाने ठाँउ नभएपछि उनीहरु थप समस्यामा परेका छन् ।
नजिकैको विद्यालयमा आश्रय लिएर बसेका उनीहरुले दशैको मुखैमा घर छाडन परेको गुनासो गरेका छन् ।
सो स्थान बस्न योग्य छ वा छैन भन्ने कुराको यकिन गर्नका लागी विज्ञहरुको टोली तत्काल ल्याउने गजुरी गाउँपालिकाका उपाध्यक्ष सीता ढुगांनाले बताइन ।
जमिन भासिन थालेपछि सो स्थानमा भूकम्पपछिको पुनःनिर्माणसमेत प्रभावित भएको छ ।
खानीभन्दा माथिका १६ घर परिवार विस्थापित भइसकेका छन् भने खानीमुनि बस्तीका स्थानीयहरु सुरक्षित बासको खोजिमा छन् ।
प्रतिक्रिया दिनुहोस्