Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक ७ घण्टा बन्द


1.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल रातको समयमा दैनिक ७ घण्टा बन्द हुने भएको छ ।

पूर्वाधार निर्माणलाई थप गति दिन साेमबार रातिदेखि आगामी जेठ ४ गतेसम्म राति पाैने ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थलको उडान तथा अवतरण बन्द हुने भएकाे हाे । विमानस्थलको टर्मिनल व्यवस्थापन महाशाखा प्रमुख इन्दुराज अधिकारीले ‘पेभमेन्ट कन्स्ट्रक्सन वर्क’ कार्यका लागि विमानस्थल बन्द गर्न लागिएको बताउनुभयाे । विमानस्थलको धावनमार्गको छेउमा रहेको ट्याक्सीवेमा निर्माण जारी रहेकाे छ । सुरक्षाका दृष्टिकोणले रातको समयमा विमानस्थल पूर्ण रूपमा बन्द गरिन लागिएको हो ।

विमानस्थल कार्यालयले विमानस्थल बन्द हुँदा त्यसबाट पर्न जाने असरलाई न्यूनीकरण गर्न आवश्यकताअनुसार उडान तथा अवतरणको कार्यतालिका निर्धारण गर्न हवाई सेवा प्रदायकलाई आग्रह गरेको छ ।