काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संघीय नेतृत्व मञ्चमा ८ जना नयाँ सदस्य फेरि थप गरेकाे छ ।
सोमबार बसेको केन्द्रीय समिति बैठकले सप्तरीका तुलसी प्रसाद चौधरी, बर्दियाका राम सिह थारू, मोरङका जीवन धामी, गोर्खाका हरिशरण आचार्य, कैलालीका प्रेमा चौधरीलाई थप गरेकाे हाे ।
यस्तै, कञ्चनपुरका नवराज राना, तनहुँका राजेन्द्र बहादुर अधिकारी र दाङका एकराज चौधरीलाई थपेको हो। यसअघि सप्तरीका तुलसीप्रसाद चौधरी, बर्दियाका रामसिंह थारू, मोरङका जीवन धामीलाई थपेको हो।
त्यस्तै बैठकले कैलाली प्रेमा चौधरी, कञ्चनपुरका नवराज राना र दाङका एकराज चौधरीलाई पनि संघीय नेतृत्व मञ्च सदस्य मनोनीत गरेको छ।









प्रतिक्रिया दिनुहोस्