Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग अध्यक्ष घिसिङको माग


611
Shares

काठमाडाैं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारसँग माग गर्नुभएकाे छ।

सुर्खेतकाे वीरेन्द्रनगरमा साेमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्ताे माग गर्नुभएकाे हाे । सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिनुपर्नेमा जाेड दिनुभएकाे छ। दुई तिहाइको सरकारलाई काम गर्ने वातावरण बनाउन सहयोग गर्ने अध्यक्ष घिसिङले बताउनुभयाे।

नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गर्दा र सरकारमा रहँदा कर्णालीको विद्युतीकरणमा र ‘ट्रान्समिसन लाइन’का लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको उहाँले जिकिर गर्नुभएकाे छ। अध्यक्ष घिसिङले १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म भइरहेको बताउनुभयाे। छोटो समयमै पार्टी गठनले त्यसको उचित व्यवस्थापन गर्न नपाउँदै चुनावमा जानुपर्ने बाध्यता भएकाले हार व्यहोर्नु परेकाे समेत बताउनुभएकाे छ।

आगामी चुनावमा उनेपा ठूलो पार्टी भएर आउने र वडा तहसम्म सङ्गठन विस्तार गर्ने अध्यक्ष घिसिङकाे दावी थियाे ।