एजेन्सी । अमेरिकाको लुजियाना राज्यमा एक बन्दुकधारीले आफ्ना ७ सन्तानसहित ७ जना बालबालिकाको हत्या गरेका छन् ।
लुजियाना राज्यको शेभ्रेपोर्ट शहरमा आइतबार एक व्यक्तिले आफ्नो घरमा दुई जनालाई गोली हानेपछि सँगै रहेको आफन्तको घरमा गएर गोलीबारी गरेका हुन्। उक्त घरमा पनि उनकै ६ जना सन्तान र एक जना आफन्तका सन्तान थिए । घटनामा ८ जना बालबालिकाको मृत्यु भएकाे र उनीहरुका दुई जना आमा र अर्का एक १४ वर्षीय बालकसहित ३ जना घाइते भएका छन् ।
मृतकहरुमा पाँच जना बालिका र तीन जना बालक रहेको तथा उनीहरुको उमेर तीन देखि ११ वर्षसम्मको रहेको बताईएको छ । गोली प्रहार गर्ने ३१ वर्षीय शमर एल्किन्सको प्रहरी कारबाहीमा मृत्यु भएको छ । उनी सन् २०१९ मा पनि बन्दुकसँग जोडिएको घटनामा पक्राउ परेका थिए ।
प्रहरी अधिकारीहरुले यो घटना आतंकवादी वा अतिवादी प्रकृतिको नभएर घरेलु हिंसा भएको अनुमान गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्