Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारी चरम अलोकतान्त्रिक कदम: नेता ज्ञवाली

विश्वविद्यालयमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप भएको उल्लेख

624
Shares

काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयबाट विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारी चरम अलोकतान्त्रिक भएको बताउनुभएकाे छ।

नेता ज्ञवालीले साेमबार सामाजिक सञ्जाल फेसबुकमार्फत यस्ताे बताउनुभएकाे हाे । विश्वविद्यालयबाट विद्यार्थी सङ्गठनका गतिविधि, उपस्थिति र अस्तित्वलाई निषेध गर्ने निर्णय चरम अलोकतान्त्रिक भएकाे उल्लेख गर्नुभयाे। उहाँले विद्यार्थी संगठन खारेज गर्ने निर्णय प्रयोजनका लागि विश्वविद्यालयहरुमा सुरक्षा युनिट स्थापना गर्नु प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेप भएको उल्लेख गर्नुभएकाे छ।

नेता ज्ञवालीले पञ्चायतकालमा समेत सरकारले विद्यार्थी संगठन खारेज गर्ने आँट नगरेको अवस्थामा अहिलेको सरकारको यो धृष्टतामा उपकुलपतिहरुले कसरी हस्ताक्षर गरे होलान् भनी प्रश्न समेत गर्नुभयाे । विद्यार्थी आन्दोलनमा केही समस्या देखिएको र मुलमुद्दाबाट दायाँबायाँ भएको उहाँकाे भनाइ छ।

तर शैक्षिक गुणस्तर वृद्धिका लागि क्याटलिस्ट बन्नुपर्नेमा मुल मुद्दाबाट बरालिए पनि संगठनलाई निषेध गर्नु समाधान नभएको उनको तर्क थियाे ।