Logo ७ बैशाख २०८३, सोमबार | Mon Apr 20 2026


खाडी क्षेत्रबाट इरानको एउटा ठूलो कार्गो जहाज नियन्त्रणमा लिएको अमेरिकाकाे दावी

पाकिस्तानमा दोस्रो चरणको वार्ता हुनेमा आशंका

676
Shares

एजेन्सी । अमेरिकाले खाडी क्षेत्रबाट इरानको झण्डा बोकेको एउटा ठूलो कार्गो जहाज नियन्त्रणमा लिएको दावी गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्रुथ सोशलमार्फत ‘टुस्का’ नाम गरेको कार्गो जहाज कब्जामा लिएको दावी गर्नुभएको हो । अमेरिकी नाकाबन्दी उल्लंघन गरेको आरोपमा कब्जामा लिएको भनिएको जहाज करिब ९ सय फिट लामो रहेको र यसको तौल विमानबाहक युद्धपोत भन्दा बढी रहेको जनाइएकाे छ।

साेही घटनाकाे बारेमा इरानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । अमेरिकी उप-राष्ट्रपति जेडी भान्सले पाकिस्तानमा इरानसँगको दोस्रो चरणको वार्ताको नेतृत्व गर्ने खबर बाहिरिएलगत्तै इरानी जहाज अमेरिकाले नियन्त्रणमा लिएको हो । पाकिस्तानमा हुने भनिएको वार्तामा इरानले भने अहिलेसम्म आफ्नो उपस्थिति पुष्टि गरेको छैन ।

अमेरिकी नाकाबन्दी कायम रहँदा वार्तामा भाग नलिने इरानको अडान छ ।