काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।
सर्वाेच्च अदालतबाट आधिकारिकता पाउनासाथ पार्टीको बृहत्तर एकताका लागि पहल शुरु गर्ने जनाउनुभएका थापाले आइतबार साँझ खड्का निवासमै पुगेर भेटवार्ता गर्नुभएको हो । पार्टीमा देखिएको केही बेमेल हटाएर एकताका लागि पहल गर्न नेता खड्कासँग भेट गरेको सभापति थापाले जानकारी दिनुभएको छ । सर्वोच्चको निर्णयले पार्टीका सबैलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको बताउनुभयाे ।
सभापति थापाले पार्टीको १५औं महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको र महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण तथा सुदृढ बनाउने अवसरका रूपमा उपयोग गर्न कांग्रेस नेता कार्यकर्तालाई आह्वान पनि गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्