Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


दबाबमा देउवा समूह (भिडियाे रिपोर्ट)


429
Shares

काठमाडाैं ।
सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादलाई टुंग्याईदिएपछि कांग्रेसभित्र खैलाबैलाको अवस्था छ ।

अदालतले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई नै वैधानिकता दिएपछि शेरबहादुर देउवा पक्ष निकै ठूलो दबावमा परेको छ । अदालतको १४औं महाधिवेशनलाई नै वैधानिकता दिनेमा विश्वस्त रहेको देउवा समूह आफ्नो रिट नै खारेज भएपछि १५औं महाधिवेशनमा जाने कि नजाने भन्ने अन्यौलमा परेको छ ।

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा कुनै बेला सत्ता र शक्तिका खतरानाक खेलाडी मानिन्थे । २०५२ सालदेखि नै कम्युनिष्टहरु र राप्रपालगायतका दलहरुलाई खेलाउन माहिर देउवाले आफूले चाहे अनुसार नै राजनीतिक खेलहरुमा नतिजा पनि निकाल्दै आएका थिए । तर जीवनको उत्तरार्धमा भने देउवा नराम्रो धक्का खान बाध्य भएका छन् । गत भदौ २३ र २४ जेनजी आन्दोलनपछि राष्ट्रिय राजनीतिमा शक्तिहीन बनेका देउवा अन्ततः आफ्नै पार्टीबाट पनि वियोगान्त बर्हिगमन ब्यहोर्न बाध्य भएका छन् ।

जेनजी आन्दोलनले ल्याएको राजनीतिक उथलपुथल बुझ्न नसक्दा वृद्ध अवस्थामा पुगेका देउवाले सहज रुपमा राजनीतिबाट विश्राम लिने मौका गुमाए । विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले वैधानिकदा दिएको अवस्थामा समेत आफ्नै नेतृत्वलाई वैधानिक बनाउन अदालत पुगेका देउवाका लागि सर्वोच्चको फैसला ठूलो झड्का हो । हुन त देउवा झण्डै दुई महिनादेखि विदेशतिर डुलिरहेका छन् । तर देउवा समूह भने सर्वोच्चको फैसलापछि निकै दबाबमा परेको छ । यो समूहले कांग्रेसमै रहने संकेत त दिइसकेको छ तर त्यसका लागि वर्तमान नेतृत्व जिम्मेवार बन्नुपर्ने भनेर फेस सेभिङको बहाना पनि खोजिरहेको छ ।