काठमाडौं । थारु कल्याणकारिणी सभा (थाकस) को २२ औं महाधिवेशनबाट अध्यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन् ।
धनीरामले अध्यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई १२ मतले हराउँदै अध्यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए ।
उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए । यस्तै, अर्का अध्यक्षमा उम्मेदवारी दिएका विश्राम महतोले भने जम्मा १० भोट पाएका थिए ।
यस्तै, थारु कल्याणकारिणी सभा जिल्ला सभापतिहरूमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्यहरू निर्वाचित भएका छन् ।
झापाबाट हरिनारायण चौधरी सर्वसम्मत केन्द्रीय सदस्यमा चयन भएका छन् भने मोरङबाट कन्नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन् ।
यस्तै, उदयपुरबाट जयराम पञ्जियार, सप्तरीबाट सावित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन् ।
त्यसैगरी, बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्य चयन भएका छन् ।
यस्तै, कपिलवस्तुबाट जञ्जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्यमा सर्वसम्मतिले चयन भएका छन् ।
यता, थारु कल्याणकारिणी सभाले महिला केन्द्रीय सदस्यहरूको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएपछि चुनाव गराउनु परेको थियो ।
जसमा दिलकुमारी चौधरीले २५ मतले विजयी भइन् भने विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत , सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन् ।
निर्वाचित सबै पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए ।
थारु कल्याणकारिणी सभाको स्थापना वि.सं. २००५ सालमा समाजसेवी बलिबन्ठा थारुले आफ्नो अगुवाइमा गरेका थिए भने थाकसका पहिलो अध्यक्ष केवल बाबु थारु थिए ।
प्रतिक्रिया दिनुहोस्