Logo ६ बैशाख २०८३, आइतबार | Sun Apr 19 2026


आईपीएल क्रिकेटमा सनराइजर्स हैदरावाद र दिल्ली क्यापिटल्सकाे शानदार जित

आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदै

455
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १० रनले पराजित गरेको छ ।

हैदराjfदमा शनिबार भएको खेलमा हैदरावादले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन मात्र बनाएकाे हाे । पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ९४ रन बनाएको थियो ।

हैदरावादका लागि अभिषेक शर्माले १५ बलमा अर्ध शतक बनाउँदै ५९ रन जोडे भने हेनरिक क्लासेनले ३३ बलमा ५९ रन बनाएका छन् । चेन्नईका लागि अंशुल कम्बोज र जेमी ओभरटनले समान ३ विकेट लिए । जितसँगै हैदराबाद १३ अंकसहित तालिकाको शीर्ष चारमा उक्लिएको छ ।

त्यस्तै, शनिबारै भएको अर्को खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बैंलाेर आरसीबीलाई ६ विकेटले पराजित गरेको छ । बैंलाेरको एम. चिन्नास्वामी मैदानमा भएको खेलमा दिल्लीले एक बल बाँकी रहँदै १ सय ७६ रनको लक्ष्य पूरा गरेको हो ।

पहिले ब्याटिङ गरेको आरसीबीले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन बनाएको थियो । जवाफमा दिल्ली क्यापिटल्सले १९ ओभर ५ बलमा ४ विकेट गुमाउँदै १ सय ७९ रन बनाउँदै जित निकालेको हो । दिल्ली तालिकाको छैठाैं स्थानमा छ ।

आईपीएल क्रिकेटमा आइतबार दुई वटा खेल हुने भएकाे छ । आइतबारको पहिलो खेल कोलकताको इडेन गार्डेन मैदानमा पहिलाे चरणकाे खेल आइतबार दिउँसो पौने ४ बजेदेखि कोलकता नाइट राइर्डस् र राजस्थान रोयल्स्बीच प्रतिस्पर्धा हुने भएकाे हाे ।

त्यस्तै. दाेस्राे खेल भने आइतबार राति पौने ८ बजेदेखि चण्डीगढमा पञ्जाब किङ्सले लखनउ सुपर जायन्टकाे सामना गर्ने भएकाे छ। ।