Logo १९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026


हर्मुज जलमार्ग खुला गर्ने इरानी विदेशमन्त्री अराघचीकाे घोषणा

यो घोषणासँगे अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रलाई राहत मिल्ने संकेत

6.2k
Shares

एजेन्सी । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले लेबनानमा जारी युद्धविरामको समयमा हर्मुज जलसन्धि खुला रहने घोषणा गर्नुभएकाे छ।

उहाँले शुक्रबार सामाजिक सञ्जाल एक्समार्फत यस्ताे घोषणा गर्नुभएकाे हाे। लेबनानमा युद्धविराम कायम रहेको समय अर्थात अबको १० दिनसम्म सबै व्यापारिक जहाजहरूले सोही जलसन्धिबाट सहजै आवतजावत गर्न पाउने भएका छन् । इरानको बन्दरगाह तथा समुद्री संगठनले तोकेको मार्ग प्रयोग गरेर जहाजहरू हिँड्न सक्ने उहाँले स्पष्ट पार्नुभएकाे हाे ।

लेबनानमा भएको युद्धविरामको भावनालाई कदर गर्दै इरानले यो निर्णय लिएको बताइएको छ । यो जलसन्धि विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग मानिन्छ । यसअघि यस क्षेत्रमा देखिएको तनावका कारण समुद्री व्यापारमा ठप्प थियो ।

इरानको यो पछिल्लो घोषणाले अन्तर्राष्ट्रिय व्यापारिक क्षेत्रलाई केही राहत मिल्ने देखिएको छ।