Logo ३ बैशाख २०८३, बिहिबार | Thu Apr 16 2026


संसदीय समितिमा सभापति चयनका लागि आज मनोनयन दर्ता हुँदै

प्रतिनिधिसभाका दश र दुई संयुक्त समितिमा सभापति चयन हुन बाँकी

403
Shares

काठमाडाैं । संघीय संसद्अन्तर्गतका संसदीय समितिहरूको सभापति चयनका लागि बहिीबार मनोनयन दर्ता हुँदैछ ।

संघीय संसद् सचिवालयले बिहीबार दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनपत्र दर्ताको समय तोकिएको हाे । मनोनयन दर्ता सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । अपराह्न साढे ४ बजे उमेदवारहरूको सूची प्रकाशन गरिने भएको हो । प्रतिनिधिसभा अन्तर्गतका १० तथा दुई वटा संयुक्त समितिको निर्वाचन हुन बाँकी छ। बिहीबार मनोनयन दर्ता गरेपछि शुक्रबार निर्वाचन हुने भएको हो ।

शुक्रबार दिउँसो एक बजे बस्ने सम्बन्धित समितिको बैठकमा उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिनेछ । गत चैत २७ गते प्रतिनिधिसभाले विषयगत समितिमा रहने सदस्यहरू तय गरेको थियो ।