Logo २ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026


बिचौलिया मुक्त कार्यालय (भिडियाे रिपाेर्ट)


0
Shares


प्रकाश नेपाल, इलाम ।

केही हप्ता अघिसम्म सेवाग्राहीलाई इलामको यातायात व्यवस्था सेवा कार्यालय छिर्नै मुस्किल थियो ।

बिचौलियाको भीड र तानातानले सास्ती खेप्नु पर्ने अवस्था थियो । तर, अहिले सरकारले ‘बिचौलियाविरुद्धको अभियान’ सुरु गरेसँगै त्यहाँको दृश्य फेरिएको छ ।

गृह प्रशासनले देशभर चलाएको बिचौलिया विरुद्ध अभियानको सिधा प्रभाव इलामस्थित यातायात व्यवस्था सेवा कार्यालयमा देखिएको छ । कार्यालयको मूल गेट अहिले सुनसान र शान्त छ ।

विगतका दिनमा सेवाग्राहीलाई तानातान गर्ने बिचौलिया र दर्जनौँ लेखापढी काउन्टरहरूमा ताला लागेको छ ।

सानो कामका लागि पनि बिचौलियालाई मोटो रकम बुझाउनुपर्ने बाध्यतामा परेका सेवाग्राही अहिले आफैँ सोधपुछ कक्षमा गएर निर्धक्कसँग काम गराउन सक्ने भएका छन् । यसले सर्वसाधारणको पैसा मात्र बचाएको छैन, सरकारी निकायप्रतिको विश्वास पनि बढाएको छ ।