काठमाडौं ।
नेपाली कांग्रेस अहिलेसम्म पनि विवादको भुमरीबाट उठ्न सकेको छैन ।
विशेष महाधिवेशन यता सुरु भएको विवाद निर्वाचनमा केही मत्थर भएपनि फेरि उत्कर्षमा पुगेको छ । संस्थापन पक्षले अर्को पक्षलाई मिलाएर लैजान प्रयत्न नगर्ने अनी इतर पक्षले आफूलाई नै आधिकारिक ठान्ने हठका कारण कांग्रेस चुनौतीको चाङमा घकेलिएको छ ।
जेनजी आन्दोलनपछि भएको मध्यावधि निर्वाचनमा विशेष महाधिवेशनमार्फत नेतृत्व फेरेको गएको कांग्रेसले राम्रै नतिजा ल्याउने अपेक्षा थियो । १४ औं महाधिवेशनबाट आएको शेरबहादुर देउवाको नेतृत्वलाई विशेष महाधिवेशनले प्रतिस्थापन गरेर युवाको हातमा नेतृत्व जाँदा नेता तथा कार्यकर्ता पनि राम्रो नतिजाको आशामा थिए ।
जेनजी आन्दोलनको मर्म अनुसार नेतृत्व परिवर्तन भएको भन्दै सो समयमा कांग्रेसको प्रशंसा पनि भयो । तर, कांग्रेसको वास्तविक अनुहार निर्वाचनको परिणामले प्रस्ट रुपमा देखाइदियो । निर्वाचनमा १४ औं महाधिवेशन समूह एकातिर र विशेष महाधिवेशन समूह अर्कोतिर लाग्नु नै कांग्रेसका लागि घातक सावित भयो ।
शेरबहादुर देउवा समूह निर्वाचनमा निष्क्रियजस्तै बसिदिँदा निर्वाचन परिणाम सोचेअनुरुप आएन । निर्वाचनको मतपरिणामलाई स्विकार गर्दै पार्टीलाई थप सुदृढ बनाउनुपर्ने बेला कांग्रेस दुईचिरामा विभाजित भएको छ । यी दुबै समूह आपसमा भिडिरहेका छन् । दुबै समूहबीच आपसी छलफल, सहकार्यको वातावरण बनेको अवस्था छैन ।









प्रतिक्रिया दिनुहोस्