एजेन्सी । बङ्गलादेशले मंगलवार राजधानी ढाका र देशैभरीका विभिन्न स्थानहरूमा र्याली, परम्परागत खानपिन र साँस्कृतिक कार्यक्रमहरूका साथ बङ्गाली नयाँ वर्ष १४३३ मनाएको छ ।
साँस्कृतिक संस्था ‘छायानट’ को साङ्गीतिक प्रश्तुतिसँगै उत्सवको शुरुवात हुँदा सूर्योदयको समयमा ढाका विश्वविद्यालय वरपरको प्रमुख स्थलमा परम्परागत नयाँ पहिरनमा सजिएका हजारौँ मानिसहरू भेला भएका थिए। । यसका अतिरिक्त, समाजका सबै क्षेत्रका मानिसहरू, विशेष गरी कलेज र विश्वविद्यालयका विद्यार्थीहरू सम्मिलित एक जीवन्त जुलुस निकालिएको थियो, जहाँ चरा र जनावरका ठूला बाँसका आकृतिहरू प्रदर्शन गरिएको थियो । बङ्गाली नयाँ वर्षको पहिलो दिन, जसलाई ‘पोहेला वैशाख’ भनिन्छ, बङ्गलादेशमा राष्ट्रिय बिदाको दिन हो ।
अधिकांश बङ्गालीहरूले यस दिनको सुरुवात ’पान्ता–भात’ (पानीमा भिजाएको अघिल्लो दिनको भात) र तारेको हिल्सा माछाको परम्परागत खाजाबाट गर्छन् । ढाकाका फेसन हाउस र बुटिकहरूमा परम्परागत लुगाहरूको उत्साहजनक बिक्री देखिएको छ । मानिसहरूले यी लुगाहरू आफ्नो परिवारका लागि मात्र नभई आफन्त र साथीभाइका लागि पनि उपहारस्वरूप किन्ने गर्छन् । ढाका लगायत देशभर आयोजित ‘वकैशाखी मेला’ हरूमा लोकगीत, नाटक र माटाका पुतली तथा जुटबाट बनेका हस्तकलाका सामग्रीहरूमार्फत ग्रामीण बङ्गाली जनजीवनको झलक प्रश्तुत गरिएको थियो ।
पोहेला वैशाखको पूर्वसन्ध्यामा राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री तारिक रहमानले विश्वभरका बङ्गाली भाषी समुदायलाई शुभकामना दिनुभयो । उहाँले यस पर्वलाई जातीयता र संस्कृतिको एक अनुपम प्रतीकका रूपमा उल्लेख गर्नुभयो। प्रधानमन्त्री रहमानले यो अवसरले नयाँ उत्साह जागृत गर्ने र पुरानो क्षय र निराशालाई त्याग्न प्रेरणा दिने बताउनुभएकाे छ । बङ्गाली पात्रो र पोहेला वैशाख मनाउने परम्परा मुगल सम्राट अकबरले शुरु गरेका थिए ।
जसले बङ्गाली नयाँ वर्षको आगमनलाई चिह्नित गर्दछ। हाल यो पर्व बङ्गालीहरूको सांस्कृतिक सम्पदा र परम्पराको एक अभिन्न अङ्ग बनेको छ ।









प्रतिक्रिया दिनुहोस्