Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


नयाँ वर्षको पहिलो दिन पनि बढ्यो सुनचाँदीको मूल्य


741
Shares

काठमाडाैं । नयाँ वर्षको पहिलो दिन मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।

सोमबार तोलामा चार सय रूपैयाँले घटेको सुनको मूल्य मंगलबार भने प्रतितोला तीन हजार एक सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार आठ सय रूपैयाँमा काराेबार भइरहेको छ।
सोमबार सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी सोमबार प्रतितोला चार हजार नौ सय रूपैयाँमा कारोबार भएको थियाे । चाँदी मंगलबार तोलामा पाँच हजार ६५ रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य मंगलबारको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुनप्रतिऔंस चार हजार सात सय ६५ अमेरिकी डलरमा कारोबार भइरहेको महाशाखाले जनाएकाे छ।