काठमाडाैं । माैसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ।
मंगलबार बिहान देशको हिमाली भू-भागमा आंशिक बादल लागेको भएकाे हाे । साथै बाँकी पहाडी र तराई भू-भागमा भने मौसम मूख्यतया सफा रहेको छ।
त्यस्तै, मंगलबार दिउँसो भने कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे हाे। साथै बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे हाे।
त्यस्तै, मंगलबार राति भने देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने भएकाे छ । पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराईमा मौसम मूख्यतया सफा रहने भएकाे हाे । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका केही स्थानमा मेघगर्जन-चट्याङ्गसहित हल्का वर्षा-हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ।









प्रतिक्रिया दिनुहोस्