खेमराज दाहाल, उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिकास्थित बालमन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयको कोष र पदीय मर्यादाको चरम दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका आधारमा नगरपालिकाले गठन गरेको छानबिन समितिले प्रधानाध्यापक खड्काले आर्थिक हिनामिना गरेको पुष्टि गरेको छ । यो घटनापछि अरु सामुदायिक विद्यालयहरुमा पनि यस्ता आर्थिक अनियमितता हुँदैआएका हुनसक्ने बिषयले शिक्षा क्षेत्रमा चर्को बहस सृजना भएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाका शिक्षा, लेखा र प्रशासन प्रमुख सम्मिलित समितिले तयार पारेको प्रतिवेदन अनुसार बालमन्दिर माध्यमिक विद्यालयमा प्रधानाध्यापक जंग बहादुर खड्काले विद्यालयको खाताबाट आफूखुसी लाखौँ रुपैयाँ निकासा गर्ने र वर्षभरि व्यक्तिगत प्रयोजनमा चलाउने गरेको पाइएको छ ।
आर्थिक वर्षको अन्त्यमा भने ‘रकम खर्च नभएको’ भन्दै पुनः विद्यालयकै खातामा जम्मा गरेर अनियमितता लुकाउने प्रयास गरिएको प्रतिवेदनमा उल्लेख छ । खड्काको बेथिति यतिमा मात्र सीमित छैन । उनले बाल मन्दिर विद्यालय र नजिकैको बरुवा कलेजमा एकै समयमा हाजिर भएर दोहोरो सेवा सुविधा लिएको तथ्य समेत खुलेको छ ।
विद्यालयमा अंग्रेजी माध्यमको कक्षा सञ्चालन हुने समयमै उनले कलेजमा समेत अध्यापन गर्दै आएको छानबिनले देखाएको छ । बाईट शिबकमारी राउत नगर शिक्षा शाखा प्रमख अंग्रेजी र नेपाली माध्यमका नाममा विद्यार्थी र अभिभावकसँग उठाइएको विभिन्न शुल्कको कुनै आधिकारिक रेकर्ड नराखिएको र विद्यालयको खर्च विवरण समेत अपारदर्शी रहेको पाइएको छ ।
शिक्षा जस्तो पवित्र क्षेत्रमा भएको यो ब्रह्मलुटले स्थानीयस्तरमा गम्भीर प्रश्न उठाएको छ । यस बारेमा नगरशिक्षा शाखाका प्रमुख शिबकमारी राउत बताउँनुहुन्छ ।









प्रतिक्रिया दिनुहोस्