Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


म्यानहन्ट इन्टरन्याशनल नेपाल २०२६ का लागि १४ जना फाइनलिष्ट छनोट


13
Shares

काठमाडौं ।
ग्रुप अफ इभेन्ट इन्टरटेनर्सले आयोजना गर्दै आएको म्यानहन्ट इन्टरन्याशनल नेपाल २०२६ का लागि १४ जना फाइनलिष्ट चयन भएका छन् ।

राजधानीमा साशिङ समारोह गर्दै अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि फाइनलिस्टहरू घोषणा गरिएको हो । यो कार्यक्रम फिनाले यात्राका लागि महत्वपूर्ण उपलब्धि भएको जनाइएको छ ।

२ सय भन्दा बढी अनलाइन आवेदकहरुबाट २६ जना छनोट भएका प्रतिस्पर्धीहरुले कडा छनोट प्रक्रिया पार गरेर अन्तत १४ जना फाइनलिष्टका रुपमा चयन भएका हुन् । यी छनोटमा परेकामध्ये ३ जना विजेताले नेपाललाई प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा प्रतिनिधित्व गर्नेछन् ।

उनीहरुले श्रीलंकामा हुने म्यानहन्ट इन्टरन्याशनल, कोलम्बियामा हुने मिस्टर मोडल इन्टरन्याशनल र भियतनामा हुने मिस्टर कस्मोपोलिटन २०२६ मा सहभागिता जनाउनेछन् । प्रतियोगिताको ग्रान्ड फिनाले १६ मे २०२६ मा अलिस रिसेप्सन, गैरीधारा, मा हुने तय भएको आयोजकले जनाएका छन् ।

जहाँ अन्तिम विजेताहरूलाई चयन गरी अन्तर्राष्ट्रिय प्रतिनिधित्वका लागि ताज पहिराइनेछ । विशिष्ट अतिथिहरुको समेत उपस्थिति रहेको कार्यक्रममा आयोजकहरुले अतिथि, साझेदार तथा प्रायोजकहरुलाई निरन्तर सहयोग र प्रोत्साहनका लागि आभार व्यक्त गरेका थिए ।