काठमाडाैं ।
काठमाडौंको भृकुटीमण्डपमा यामाहा नेपालको दुईपांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ सुरु भएको छ । चैत्र २९ गतेबाट सुरु भएको यो फेस्ट बैशाख ५ गतेसम्म चल्नेछ ।
यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने र त्यसका लागि विशेष अवसर प्रदान गरिएको कम्पनीले जनाएको छ ।
एमएडब्लू राइड्स कार्यकारी निर्देशकका दीपककुमार अग्रवालले प्रदर्शनीमा यामाहाका विभित्र लोकप्रिय मोडेलहरू प्रस्तुत गरिएका छन् ।
ब्लु फेस्टले मोटरसाइकल पारखी, आम मानिस तथा सम्भावित ग्राहकहरूलाई यामाहाका अपग्रेड गरिएका नयाँ हाइ–टेक मोटरसाइकल तथा स्कुटरहरू नजिकबाट अवलोकन गर्ने अवसर प्रदान गर्नेछ ।
यसले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्