जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेश कुमार सिंहविरुद्ध आफ्नै पार्टीका कार्यकर्ताले प्रदर्शन गरेका छन्।
सोमबार जलेश्वरस्थित प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख लगायत सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गरिरहेका बेला कार्यकर्ताहरूले नाराबाजी गर्दै विरोध जनाएका हुन्।
स्थानीय नेता तथा कार्यकर्तासँग समन्वय नगरी सरकारी अधिकारीहरूसँग छलफल गरेको आरोप लगाउँदै उनीहरू असन्तुष्ट बनेका थिए। प्रदर्शनकारीहरूले ‘अमरेश सिंह मुर्दावाद’ लगायतका नारा लगाएका थिए।
प्रदर्शनकारीहरू बैठक कक्षभित्र प्रवेश गर्न खोजे पनि प्रहरीले उनीहरूलाई रोक्दै स्थिति नियन्त्रणमा लिएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्