Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


आईपीएल क्रिकेटमा आज सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्दै

शीर्ष स्थानको राजस्थान लगातार पाँचौ जितको खोजीमा

0
Shares

काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साेमबार सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्ने भएकाे छ।

साेही खेल हैदरावादमा साेमबार राति पौने ८ बजेदेखि सनराइजर्स हैदरावादले राजस्थान रोयल्सकाे सामना गर्ने भएकाे हाे । जारी लिगको अपराजित टोली राजस्थान चार खेलबाट आठ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको हैदरावाद साेमबार दोस्रो जितको खोजीमा रहेकाे हाे। दुवै टाेली उच्च मनाेबलका साथ मैदानमा उत्रिएका छन् ।

आईपीएल क्रिकेटमा आइतबार राति भएकाे खेलहरुमा रोयल च्यालेन्जर्स बैंगलाेर र गुजरात टाइटान्स विजयी भएका हुन् । मुम्बइको वाङ्खडे रंगशालामा भएको खेलमा बैंगलाेरले घरेलु टोली मुम्बई इन्डियन्सलाई १८ रनले पराजित गरेकाे छ । उता, लखनउमा आइतबार रातिनै भएको अर्काे खेलमा गुजरात टाइटान्सले घरेलु टोली लखनउ सुपर जायन्ट्सलाई ७ विकेटले पराजित गरेकाे थियाे ।