Logo १२ श्रावण २०८३, मंगलबार | Wed Jul 29 2026


नेपाली बजारमा सुनचाँदीको मूल्य घट्याे


2.7k
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ।

आइतबार तोलामा दुई सय रूपैयाँ बढेको सुनको मूल्य साेमबार भने प्रतितोला चार सय रूपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला दुई लाख ९६ हजार सात सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला दुई लाख ९७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। चाँदी आइतबार प्रतितोला चार हजार नौ सय ७५ रूपैयाँमा कारोबार भएको थियाे । चाँदी साेमबार तोलामा चार हजार नौ सय रूपैयाँमा काराेबार भइरहेको छ। यो मूल्य आइतबारको तुलनामा प्रतितोला ७५ रूपैयाँले घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस चार हजार सात सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।