Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


साउदीमा लागूऔषध अभियोगमा दोषी ठहर भएका ७ जनालाई मृ-त्यु-दण्ड


3.1k
Shares

एजेन्सी । साउदी अरबमा लागूऔषध ओसारपसारको अभियोगमा दोषी ठहर भएका सात जनालाई एकैदिन मृत्युदण्ड दिएको छ ।

प्रतिबन्धित ‘एम्फेटामाइन’ चक्की ओसारपसार गरेको अभियोगमा पाँच साउदी र दुई जोर्डनका नागरिकलाई मृत्युदण्डको सजाय दिइएको स्थानीय अधिकारीहरूले जनाएका हुन् । दोषी ठहरिएकाहरुलाई आइतबार रियादमा मृत्युदण्ड दिइएको छ । साउदी अरबको सरकारी तथ्यांक अनुसार सन् २०२६ को शुरुदेखि रियादले मृत्युदण्ड दिएका ६१ जना मध्ये लागूऔषधसँग सम्बन्धित मुद्दाका ३८ जना रहेका हुन् ।

यस वर्ष मृत्युदण्ड दिइएकामध्ये ३३ जना विदेशी नागरिकहरू छन् । सन् २०२५ मा साउदी अरबमा मृत्युदण्डका घटनाले लगातार दोस्रो वर्ष उच्च रेकर्ड कायम गरेको थियो । सन् २०२५ मा साउदीमा ३ सय ५६ जनालाई मृत्युदण्ड दिइंदा २ सय ४३ जना लागूऔषध सम्बन्धी अपराधका दोषी थिए ।