Logo २९ चैत्र २०८२, आइतबार | Sun Apr 12 2026


प्रधानमन्त्रीलाई गाली गरेको आरोपमा समातिएका युट्युबर पोखरेल रिहा


1.8k
Shares

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका युट्युबर रोशन पोखरेल रिहा भएका छन् ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका नेतालाई गालीगलौज गरेर भिडियो बनाई पोस्ट गरेको आरोपमा समातिएका पोखरेल आइतबार रिहा भएका हुन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका–७ घर भएका पोखरेल चैत-२६ गते पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान गर्न प्रहरीले पाँचथर जिल्ला अदालतबाट १० दिन म्याद समेत पाएको थियो । तर, चौतर्फी आलोचना भएपछि प्रहरीले उनलाई छाडेको हो ।