एजेन्सी ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले आज इरान सरकारको एक प्रतिनिधिमण्डलसंग भेटवार्ता भएको छ ।
प्रधानमन्त्री शरिफ इरानी प्रतिनिधिमण्डलबीचको भेटमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा रहेको पक्षसँग मध्यपूर्व युद्ध अन्त्य गर्न योजनाबद्ध वार्ताका विषयमा गभ्भीर छलफल भएको संचारमाध्यमले जनाएका छन् ।
इस्लामावादको एक होटलमा पहिलो वार्ता चलिरहँदा इरानी सञ्चारमाध्यमले प्रधानमन्त्रीसँगको बैठकको अन्त्यमा इरानी पक्षले अमेरिकीहरूसँग प्रत्यक्ष वार्ता अघि बढाउने वा नबढाउने भन्ने निर्णय गर्ने बताएका उल्लेख गरेका छन् ।
इरानले यसअघि नै लडाईको स्थायी अन्त्यको कुनै पनि सम्झौतामा रोक्का गरिएको इरानी सम्पत्ति फुकुवा हुनु्पर्ने र लेबनानमा हेजबुल्लाहमाथि इजरायलको युद्धको अन्त्य समावेश हुनुपर्ने बताइरेको छ । अमेरिकी उपराष्ट्रपति भान्सले रोक्का इरानी सम्पत्तिको फुकुवा इस्लामाबादमा छलफलको बिषय नहुने बताउनुभएको छ ।
यसैबीच युद्धरत पक्षहरू अझै पनि प्रतिबन्ध, लेबनानमा युद्धविराम सम्झौताको पालना र रणनीतिक स्ट्रेट अफ हर्मुज खोल्ने जस्ता प्रमुख मुद्दामा अझै टाढा रहेको बताइन्छ । संसदीय सभामुख मोहम्मद बाघेर गालिबाफको नेतृत्वमा रहेको इरानी प्रतिनिधिमण्डललाई पाकिस्तानका शक्तिशाली सेना प्रमुख असिम मुनिरले स्वागत गरेपछि दुवै पार्टी वार्ता स्थलमा पुगेको बुझिएको छ ।









प्रतिक्रिया दिनुहोस्