Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


नेपालको उच्च शिक्षालाई अन्तर्राष्ट्रियकरण गर्न भिसामा नै जटिलता छः पूर्वशिक्षामन्त्री भट्टराई


0
Shares

काठमाडाैं । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले नेपालको उच्च शिक्षालाई अन्तर्राष्टियकरण गर्नका लागि त्यसको सुरक्षाको प्रत्याभुति सरकारले दिनुपर्ने बताएकी छन् ।

बिहीवार त्रिभूवन विश्वविद्यालयले काठमाडाैंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले नेपालको उच्च शिक्षालाई बाहिरका विद्यार्थीलाई भित्र्याउनका लागि विश्वविद्यालयहरु सुरक्षित छन भन्ने कुराको प्रत्याभुति गराउने कुरा सबै भन्दा चुनौतिको विषय भएको स्पष्ट पारिन् ।

पूर्वशिक्षामन्त्री भट्टराईले नेपालमा उच्च शिक्षा हासिल गर्नका लागि भिसा प्रक्रियामा देखिएका जटिलता पनि तत्काल हटाउनुपर्नेमा जोड दिएका । सो भिसा प्रक्रियामा देखिएको जटिलता हटाउनका लागि आफूले कानूनको मस्यौदा तयार पारेपनि सो मस्यौदाले हालसम्म कानूनी मान्यता पाउन नसकेको उनको भनाई थियो ।

पूर्वशिक्षामन्त्री भट्टराईले भनिन्,‘हामीले सबैभन्दा पहिला हाम्रो शिक्षा क्षेत्र यहाँ क्वालिटी छ मात्रै होइन, हाम्रो शिक्षा क्षेत्र सेफ छ भन्ने कुराको विश्वविद्यालयले त्यो खालको प्रत्याभूत गर्ने कुरा मिडियामा आउने न्युजहरुलाई हेरेर हामीले एउटा ढंगले सोच्दछौ भने त्यो अवस्था छैन । त्यसले गर्दा सबभन्दा पहिला हामीले विश्वविद्यालयको नियम,कानूनलाई उचित बनाउनका लागि विश्वविद्यालय सुरक्षित छ भन्ने कुरा आम जनमानसमा नेपाली समाजमा स्थापित गराउन सक्नुपर्दछ । र, दोस्रो कुरा भनेको इन्टरनेशनलाईजेशनका लागि मेरो समयमा भिसा प्रक्रियामा जटिलता छ भन्नेकुरा आएपछि त्यस सहज बनाउनका लागि गृह मन्त्रालयसँग छलफल गरियो । हाम्रोमा स्टुडेन्ट भिसा भन्ने प्रावधान नै थिएन । त्यो कुरा मैले एजकेशन भिसा भनेर जाउँ भन्ने कुरा अघि बढाएका थिए । तर त्यो कानूनको रुपमा आउने कुरा जेनजी आन्दोलनपछि अघि बढन सकेको छैन ।’

एमाले नेतृ समेत रहनु भएकी भट्टराईले विद्यालय तहको शिक्षालाई स्थानीय सरकारले चलाउने, प्राविधिक शिक्षा प्रदेश सरकारले र उच्च शिक्षा संघीय सरकारको मातहत ल्याउन ढिलाई गर्न नहुने पनि बताइन् ।