Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


रास्वपाले श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने भनेपछि शाहीले भने- रास्वपाभित्रै रवि कमजोर रहेछन्


13.6k
Shares

काठमाडाैं ।

राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले फोनमार्फत उपसभामुखमा समर्थन गर्ने बचन दिएको राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले दाबी गरेका छन्।

प्रतिनिधि सभाको उपसभामुख पदका लागि राप्रपाबाट सरस्वती तामाङ र श्रम संस्कृति पार्टीबाट रुवी ठाकुरले उम्मेदवारी दर्ता गराएकी छन्।

यसैबीच, रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको जानकारी पार्टी प्रवक्ता मनिष झाले दिएका छन्। रास्वपाको उक्त निर्णयपछि असन्तुष्टि जनाउँदै शाहीले लामिछानेले आफूलाई फोन गरेर उम्मेदवारी दिन आग्रह गर्दै समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

आफूहरूले उपसभामुख पद नखोजेको तर लामिछानेकै आग्रहमा उम्मेदवारी दिएको उनको भनाइ छ। शाहीले रास्वपाभित्रै लामिछाने कमजोर रहेका कारण समर्थन गर्ने निर्णय परिवर्तन भएको आरोप पनि लगाएका छन्।