Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक आज रिहा हुँदै


637
Shares

काठमाडाैं । प्रहरी हिरासतमा रहेका नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री रमेश लेखकलाई बिहीबार प्रहरीले हाजिर जमानतमा रिहा गर्ने भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सर्वोच्च अदालतको आदेश अनुसार दुवै जनालाई बिहीबार रिहा गर्ने निर्णयसहितको पत्र सरकारी वकिलबाट आइपुगेको जनाएकाे हाे । साेही अनुसार प्रक्रिया अघि बढाइसकेकाे समेत प्रहरीले बताएकाे छ । जेन्जी आन्दोलन घटना छानबिनका लागि गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि ओली र लेखकलाई यहि चैत १४ गते प्रहरीले पक्राउ गरेकाे थियाे । गत भदौ २३ र २४ गतेको जेनजी–आन्दोलनमा लापरबाही गरेर युवाहरूको ज्यान गुमेको भन्दै उनीहरुलाई आयोगले दोषी देखाएको थियो।

प्रतिवेदनका आधारमा ज्यानसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको थियो । तर मुद्दा दायर गर्ने आधार र प्रमाण पर्याप्त नभएकाले रिहा गर्न लागिएको महान्यायाधीवक्ता कार्यालय स्रोतले जनाएकाे छ । सर्वोच्चले उनीहरूविरूद्ध मुद्दा दायर गर्न वा २६ गतेसम्ममा रिहा गर्न आदेश दिएको थियो । प्रहरी र महान्यायाधीवक्ता कार्यालयबीच मुद्दा दायर नगर्ने सहमति जुटेको जनाइएको छ ।