Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


इजरायल-लेबनान आक्रमण अपडेट: मृत्यु हुनेकाे संख्या २ सय ५४ जना पुग्याे, ११ सय बढी घाइते


1.6k
Shares

एजेन्सी । इजरायली सेनाले लेबनानमा गरेकाे भीषण हवाई आक्रमण परी मृत्यु हुनेकाे संख्या २ सय ५४ जना पुगेकाे छ।

लेबनानका एक सय भन्दा बढी निशानामा इजरायलले १० मिनेटको अन्तरालमा एक साथ आक्रमण गरेको हाे । कतारको समाचार संस्था अल जजिराले साेही घटनामा परी ११ सयभन्दा बढी घाइते भएका छन् । इजरायलले इरान र अमेरिकाबीच युद्धविराम भएपनि लेबनानमा सशस्त्र समूह हिजबुल्लाहविरुद्ध आक्रमण जारी राखेकाे हाे ।

इजरायलले लेबनानमा इजरायल शुरु भएयताकै भीषण कारबाही बुधबार गरेको छ । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर, दक्षिणी लेबनान र पूर्वी बेका उपत्यकालाई इजरायलले लक्षित गरेको थियो । एक महिना भन्दा लामो समयदेखि लेबनानमा जारी इजरायली इजरायलमा करिब १ सय ३० बालबालिका सहित एक हजार ८ सयभन्दा बढी काे मृत्यु भएकाे छ।

जारी युद्धका कारण १२ लाख भन्दा बढी मानिस विस्थापित भइसकेकाे जनाइएकाे छ ।