Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


बुटवल-नारायणगढ सडकमा यातायात सेवा अवरूद्ध


286
Shares

काठमाडाैं । भारी वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने सडक खण्डमा हिलाम्मे हुँदा पूर्णरूपमा सडक अवरुद्ध भएको हो । दाउन्नेको घिउखोला र विश्वकर्मा मन्दिर नजिकै वर्षाका कारण सडक हिलाम्मे भई गाडी सडकमा फसेकाले आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

बुधबार दिउँसोदेखि परेको भारी वर्षाले सडक हिलो र चिप्लो हुँदा सवारीको जाम लागेको छ । बुटवल–नारायणगढ सडकको दाउन्ने खण्डमा वर्षाले सवारी आवागमनमा समस्या भए पछि अहिले ‘ग्राभेल’ हालेर मर्मतको काम भइरहेको नारायणगढ–बुटवल सडक आयोजनाले जनाएको हाे।

बुटवल–नारायणगढ सडक विस्तारअन्तर्गत दाउन्ने खण्डमा निर्माणको काम नसकिँदा सामान्य वर्षामा पनि सडक अवरुद्ध हुने गरेको छ ।