एजन्सी । इजरायली सेनाले लेबनानमा भीषण हवाई आक्रमण गर्दा करिब १ सय ८२ जनाको मृत्यु भएको छ ।
लेबनानका एक सय भन्दा बढी निशानामा इजरायलले १० मिनेटको अन्तरालमा एक साथ आक्रमण गरेको हाे। इजरायली आक्रमणमा परी अन्य ९ सय जना घाइते भएका छन् । इरान र अमेरिकाबीच युद्धविराम भएपनि लेबनानमा सशस्त्र समूह हिजबुल्लाहविरुद्ध इजरायलको आक्रमण जारी छ ।
लेबनानमा हमला सुरु भएयताकै भीषण कारबाही बुधबार इजरायलले गरेको हो । लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगर, दक्षिणी लेबनान र पूर्वी बेका उपत्यकालाई इजरायलले लक्षित गरेको थियो । एक महिनाभन्दा लामो समयदेखि लेबनानमा जारी इजरायली आक्रमणमा करिब १ सय ३० बालबालिकासहित एक हजार ७ सय भन्दा बढीकाे मृत्यु भएकाे हाे।
युद्धबाट १२ लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।









प्रतिक्रिया दिनुहोस्