Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


क्रेनको डोरी चुडी टुचनले लाग्दा चिनियाँ नागरिक घाइते


546
Shares

बुद्ध नेपाली, सिन्धुली। सिन्धुलीको मरिण गाउँपालिका ४ साहानमा निर्माण सुरु भएको राँगाको मासु प्रसोधन उद्योगमा आज भएको दुर्घटनामा परी एक चिनियाँ नागरिक घाइते भएका छन् ।

उद्योग निर्माणको काम गरी रहेको हिमालयन फुड चाइनिज कम्पनीमा रड उचाली रहेको बा ३ क ३६८९ नम्बरको क्रेनको डोरी चुडी टुचनले लाग्दा कम्पनीका कामदार चिनियाँ नागरिक ३९ बर्षीया वाङसिन गम्भीर घाईते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घाईते वाङसिनको टुचनले लाग्दा टाउकोमा, दाहिने कानको छेउमा र हातमा चोट लागेको छ । घाईते वाङसिन बोल्न नसक्ने अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक सूर्य प्रकास सुवेदीले जानकारी दिए ।

राती ८ बजे जिल्ला अस्पताल सिन्धलीमा सामान्य उपचार पछि थप उपचारको लागि एम्बुलेन्स मार्फत जनकपुर पु¥याई त्यहाँबाट हवाईजहाज मार्फत काठमाडौँं पठाउने तयारी भइरहेको डिएसपी सुवेदीले जानकारी दिए ।

हिमालयन फुड चाइनिज कम्पनीमा बा ३ क ३६८९ नम्बरको क्रेन पर्सा बिरगञ्ज बस्ने अं. वर्ष ५३ को सकिल मोहमद अंसारीले चलाएका थिए । घटना पछि चालक अंसारी फरार रहेका बताएको छ ।