Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


कार्यव्यवस्था समितिमा २१ सदस्य मनाेनयन


949
Shares

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिमा २१ सांसदलाई मनोनीत गरिएको छ ।

सभामुख डीपी अर्यालले २१ सांसद मनोनीत गरिएको जानकारी सभामा जानकारी गराएका हुन् । कार्यव्यवस्थामा अच्युतम लामिछाने, अप्सना बानु, आर्येन राई, केपी खनाल, कामिनी चौधरी रहेका छन् ।

यस्तै, क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल, तपेश्वर यादव, देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार सदस्य छन् ।

त्यस्तै, सांसदहरू निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा, विपिनकुमार आचार्य पनि कार्यव्यवस्थामा मनोनीत भएका छन् । कार्यव्यवस्था समितिले सभामुखसँग बैठक सञ्चालनसम्बन्धी परामर्श र समन्वय गर्छ ।